News & Events

Image

नवनियुक्त महाप्रबन्धक थापाद्वारा पदभार ग्रहण

राष्ट्रिय सहकारी महासंघ लि। नेपालका नवनियुक्त महाप्रबन्धक डा। बाबुकाजी थापाले आइतबार औपचारिक रूपमा पदभार ग्रहण गर्नुभएको छ। महासंघको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा कार्यवाहक अध्यक्ष रमेश पोखरेलले उहाँलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै सहकारी अभियानलाई थप सशक्त बनाउने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा महासंघका उपाध्यक्ष डि।वी। बस्नेत, संचालकहरू टेकप्रसाद चौलागाईं, परितोष पौड्याल लगायत अन्य पदाधिकारी तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो। उपस्थित सबैले नव नियुक्त महाप्रबन्धक थापालाई स्वागत गर्दै सहकारी क्षेत्रको विकासमा उहाँको नेतृत्वदायी भूमिका प्रभावकारी हुने अपेक्षा व्यक्त गर्नूभएको थियो ।

डा। थापाले सहकारी अभियान नेपालको आर्थिक तथा सामाजिक विकासको महत्वपूर्ण आधार भएको उल्लेख गर्नुभयो। उहाँले टिम स्पिरिटका साथ सबै सरोकारवालासँग सहकार्य गर्दै राष्ट्रिय सहकारी महासंघलाई अझ प्रभावकारी र नेतृत्वदायी संस्थाको रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

share this post: